२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

सुदूरपश्चिम सरकारका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं,४ असार । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परेका छन् । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा मन्त्री सिंह सवार सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको हो ।सो दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् भने २ जनाको ज्यान गएको छ ।

जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए । त्यस्तै कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com