२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

एनसेललाई आजियाटाले आफ्नो वेभसाइटबाट हटायो

काठमाडौं । मलेसियन टेलिकम्यूनिकेसन लगानीकर्ता आजियाटाले आफ्नो वेभसाइटबाट एनसेल हटाएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने निर्णय गरेको आजियाटाले आफ्नो लगानी रहेको ब्राण्डको सूचीबाट एनसेललाई हटाएको हो ।

यसअघि आजियाटाले आफ्नो लगानीको ब्राण्डहरुको सूचीमा एनसेल समेटेको थियो । तर, अहिले भने एनसेलसम्बन्धी जानकारी नै हटाइदिएको छ । यसबाहेक, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, मलेसिया लगायतका देशमा लगानी गरिरहेको छ ।

ती देशमा लगानी रहेको कम्पनीको नाम भने आफ्नो वेभसाइटको ब्राण्ड पेजमा राखेको छ । तर, एनसेलको ब्राण्ड नेम भने हटाएको हो । आजियाटाले एक डलरमा खुलेको बेलायती कम्पनीलाई एनसेलको सेयर बेच्ने निर्णय गरेपछि चलखेलको आशंकामा विरोध भइरहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com