बुधबार प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि

प्रि-ओपन सेसनमा आज(बुधबार) नेप्से सूचक ३.१२ अंकले बढेको छ। नेप्से सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंक बढेको छ।
१८ कम्पनीको १ हजार ९६१ कित्ता सेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ। जसमध्ये १२ वटा कम्पनीको मूल्य बढेको छ भने चारवटा स्टकको मूल्य घटेको छ।