२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

आजको विदेशी मुद्राको विनिमयदरः घट्यो पाउण्डको मूल्य

काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको मूल्य घटेको छ । हिजो पाउण्ड एकको

खरिददर १६७ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँका कारोबार भएको थियो । यस्तै, अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ । आज युरोको भाउ घटेको छ ।

युरो एकको खरिददर आज १४२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४३ रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो एक युरोको खरिददर १४३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७४ पैसा तोकिएको थियो । त्यसैगरी कतारी रियालको मूल्य सामान्य बढेको छ । आज रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेकोे छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com