२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

नेप्से सूचक १७.५६ अंकले घटेर १९५८.७२ अंकमा सिमित

काठमाडौ, १६ असोज । सेयर बजारमा फेरि गिरावटकै सिलसिला चलेको छ ।मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९५८.७२ अंकमा आएको छ । करिब १ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । यसअघि सोमबार सूचकमा सामान्य वृद्धि भएको थियो । तर यो वृद्धिलाई बजारले निरन्तरता दिन सकेन ।

नीतिगत सुधारको अपेक्षामा बसेका लगानीकर्ताले नियामक निकायहरुबाट अहिलेसम्म कुनै पनि राहत नपाउँदा बजार शिथिल बनेको अनुमान गरिएको छ । यही कारण सूचकसँगै कारोबार रकम पनि प्रभावित भएको हो । केन्द्रीय बैंकले सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउने भनिए पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन् । यसैकारण लगानीकर्ता थप निराश भएका हुन् ।

यस दिन २८१ कम्पनीको ३९ लाख ६५ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड ५९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः एनआइसी एसिया बैंक र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com