२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बोलायो साधारणसभा

काठमाडौं, २३ जेठ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलाएको छ । कम्पनीले १२ औं र १३ औं वार्षिक साधारणसभा असार १३ गते बोलाएको हो । सभा, धुम्रबराह भेन्यु, धुम्वाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुँदैछ ।

यस्तै, सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । समुह (क) बाट ४ जना र समुह (ख) बाट २ सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनको लागि कम्पनीले जेठ ३१ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, जेठ ३० गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com