२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

प्राइम बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि खुला

प्राइम कमर्सियल बैंकले आज (बुधबार)देखि ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। उक्त सेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्ने बैकले जनाएको छ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मुल्य राखी बोलकबोल गर्नुपर्नेछ ।

उक्त लिलामीमा शेयरमा जेठ १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलको कार्यालयमा पेश गर्न कम्पनीले भनेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com