महालक्ष्मी विकास बैंकको १० लाख कित्ता ऋणपत्र बिक्री खुला

महालक्ष्मी विकास बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आज (बुधबार)देखि बिक्री खुला भएको छ। बैङ्कक अनुसार वार्षिक ११ प्रतिशत ब्याजदर दिने गरी एनएमबि बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८५’ बिक्री खुला गरेको हो। य
बैंकले प्रतिइकाई १ हजार अंकित मुल्यमा १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। यसमध्ये ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई र बाँकी ४ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।
यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस ऋणपत्रमा २०८० वैशाख ४ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख १३ गतेसम्म खुला रहनेछ।
यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिने व्यवस्था पनि छ।