२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

२ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन एसबीआई बैंकलाई धितोपत्र बोर्डको अनुमति

काठमाडौ, २ साउन । नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९।७५५ ब्याजदर तोकिएको छ । एसबीआई बैंकको डिबेन्चरमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com