नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर सूचीकृत

नेपाल इन्भेस्टमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकको ७३ लाख २३ हजार १६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।