अप्पर स्यांगे हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

अप्पर स्यांगे हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओको लागि अनुमति दिएको हो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपिओ जारी गर्ने र दोश्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने गर्ने कम्पनीले जानकारी दिएको छ।
बोर्डले अप्पर स्यांगेलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो। यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ।