२४.६८ अंकले घट्यो नेप्से, १ अर्ब १६ करोडमाथिको कारोबार

साताको कारोबारको दोस्रो दिन आज(सोमबार) सेयर बजार घटेको छ। आज नेप्से परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अङ्कले घटेर ३६८.४९ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। एनआईसी एशिया बैंक कारोबारको आधारमा अग्रिम स्थानमा रहेको छ भने शिभम् सिमेन्ट र अरुण भ्याली हाइड्रोपावर दोश्रो स्थानमा रहेका छन्।
आजको कारोबारमा १३ वटै उपसूचक घटेको छन्। आजको कारोबारमा अत्यधिक कमाउनेमा एनआईसी एशिया बैंक र युनिक नेपाल लघुवित्तका लगानीकर्ता रहेका छन। भने, अत्यधिक गुमाउनेमा खप्तर्ड लघुवित्त र आदर्श लघुवित्तका लगानीकर्ता रहेका छन्।