सामुदायिक लघुवित्तले गर्यो लाभांश दिने घोषणा

सामुदायिक लघुवित्त वित्तीय संस्थाको गलबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६३ प्रतिशत लाभांश दिने घोषण गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.०५२६३ प्रतिशतले हुन आउने १ करोड ४५ लाख ८९ हजार ४७४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछन्।
लघुवित्तका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ।