आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(शुक्रबार) का लागि सुन चाँदीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मुल्यमा हिजोको भन्दा छापावाला सुन १ सयले घटेर प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, सुनचाँदी व्यवसायी महासङ्घले तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ। महासंघका अनुसार बिहिबार प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भई रहेको छ।