२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ?–रविन्द्र मिश्र

काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? भनेर प्रश्न गरेका छन् । आज सामाजिक संजालमा उनले थापालाई देशभन्दामाथि विचार र देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? भनेर प्रश्न गरेका हुन् ।

‘विचार व्यक्तिको हुन्छ । व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ । पार्टी समुहको हुन्छ। देश सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुबैको विचार अटाउनु पर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ ? देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? ’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

महामन्त्री थापाले बुधबार अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘विचारभन्दा माथि देश मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति विमति राख्दै मिश्रले जवाफ फर्काएका हुन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com