२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

मलेरिया नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी : मन्त्री बस्नेत

काठमाडौं, १० कार्तिक । एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी रहेको स्वास्थ्य मन्त्री मोहन बस्नेतले बताएका छन् ।

क्षेत्रिय सांसदहरुको योजना र तयारीबारे ललितपुरमा, आयोजित प्राविधिक कमिटि बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले, कुनै पनि रोगले देश र भेग नछुट्याउने भन्दै एक देशबाट अर्को देशमा सर्न सक्ने रोग नियन्त्रणका लागि प्रभावकारी र संयुक्त संयन्त्र निर्माण आवश्यक भएको बताए ।

उनले मलेरियालगायतका रोग एक देशबाट अर्को देशमा सहजै पार हुनसक्ने भन्दै रोगको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक प्रभावकारी सीमा सहकार्य आवश्यक रहेको धारणा राखे ।

उनले यस्ता संयुक्त बैठकले क्षेत्रिय स्तरमा मलेरिया न्यूनिकरणका लागि महत्वपूर्ण योजना बनाउने विश्वास व्यक्त गरे । त्यसका लागि सांसदहरुको प्रभावकारी भूमिका हुने भन्दै उनले सरकारको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com