२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

भूकम्प पीडितका लागि ज्योति विकास बैंकले गर्यो ५ लाख सहयोग

काठमाडौं । भूकम्प पीडितका लागि ज्योति विकास बैंकले ५ लाख सहयोग गरेको छ । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितहरुलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा  ५ लाख आर्थिक सहयोग गरेको आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

उक्त रकम बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो ।बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com