२०८१ जेष्ठ २ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ २
Wed May, 2024

टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दिप पनि परे

काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ।आगामी कात्तिक १३ गतेदेखि सुरु हुने सो खेलका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टि–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा आज गरेको हो।

जसअनुसार कप्तान रोहित पौडेलको नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी परेका छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानशिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन ।

सो प्रतिस्पर्धामा कुल ८ देश सहभागी हुनेछन, जसका लागि २ समूह बनाइएको छ। घरेलु मैदानमा सो खेल खेल्न लागेको नेपाल भने समूह ‘ए’ मा परेको छ, जुन समुहमा मलेसिया, ओमन र सिंगापुर रहेका छन भने समूह ‘बी’ मा भने बहराइन, हङकङ, कुवेत र युएईको टिम रहेको छ ।

एसिया छनोट खेल आगामी कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । क्यानका अनुसार समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन भने समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com