२०८० चैत्र २९ - Thu Apr, 2024 -

Biz Suchana

२०८० चैत्र २९
Thu Apr, 2024

शहिद स्मारक ए डिभिजन लिगः आज चार खेल हुँदै

काठमाडौं, २१ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दशरथ रंगशालामा दुईवटा खेल र एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक–एक खेल हुँने छन् ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । उता, दिउँसो ३ बजे नै च्यासल मैदान, ललितपुरमामा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच भिडन्त हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ, जुन खेल ३ बजेबाट सुरु हुनेछ । रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा फ्रेन्डस क्लब र मनाङ मर्स्याङदी आमुने सामुने हुनेछन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com