२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा कायम भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर आज ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०१ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५३ पैसा र युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिददर १० रुपैयाँ १५ पैसा र विक्रीदर १० रुपैयाँ २० पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com