२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । आज नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ। कम्पनीले कात्तिक १० गतेबाट आईपीओ निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणलाई छुटाइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो ।

२७ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरूलाई छुटाइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ ।

प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com