२०८१ जेष्ठ ११ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ११
Fri May, 2024

आजदेखि नेप्सेमा शुभम् पावरको सेयर कारोबार सुरु

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुभम् पावरको पहिलो सेयर कारोबार आज (मंगलबार) देखि सुरु भएको छ। ‘एसपीएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो।

शुभमको पहिलो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएको र सोही भाउलाई आधार मानेर कम्पनीको कारोबार हुनेछ। शुभम् पावरको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४ पैसा तोकेको थियो। सोही रेन्जको विन्दुबाट यसको कारोबार खुला भएको छ।

शुभम् पावरको चुक्ता पुँजीका आधारमा कायम २० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार हुन नसकेको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com