२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

नागरिक लगानी कोषको संस्थापक शेयर सर्वसाधारणका लागि खुल्ला

नागरिक लगानी कोषले आज(शुक्रबार)देखि २४ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

प्रतिकित्ता ७१० रूपैयाँ रहेको उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।उक्त शेयरमा आगामी चैत ३० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

गोप्य शिलबन्दी बोलपत्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेश गर्न सकिनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा माथी १०० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । शेयर खरीदकर्ताले कम्पनीद्वारा चैत २४ गतेपछि प्रस्ताव हुने हकप्रद शेयर, बोनश शेयर तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com