२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला, कसले पाउँछ भर्न ?

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (बिहिबार)देखि बिक्री खुला भएको छ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो।

जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकिएको छ।

संस्थाले बाँकी रहेको आईपीओमध्ये ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ भने यस आईपीओमा लगानीकर्ताले फागुन १५ गतेसम्मआवेदन दिन पाउने छन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com