नेप्सेमा सुपर माई हाइड्रोपावरको सेयर कारोबार खुला
नेप्सेमा सोमबारदेखि ‘एसएमएच’ संकेतमा सुपर माई हाइड्रोपावरको सेयर कारोबार खुला भएको छ। सुपर माईको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख कित्ता सेयर गत साता सूचीकृत भएको थियो।
यसको पहिलो कारोबार प्रतिकित्ता ३९१ रुपैयाँमा सुरु भएको र सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ। नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १३०.७६ रुपैयाँदेखि ३९२.२८ रुपैयाँसम्म तोकेको थियो।