कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना बिक्री खुला

कुमारी क्यापिटलको “कुमारी सुनौलो लगानी योजना” प्रति इकाई १० रुपैयाँ दरले १ अर्व रुपैयाँबराबरको १० करोड इकाई निष्काशन खुला गर्ने भएको छ। जसमध्ये हाल ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो।
जसमा १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रबन्धक कुमारी बैंकलाई सुरक्षित राखी बाँकी ३ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा ५० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो खुलामुखी योजनाको निष्कासन बन्द छिटोमा चैत १३ गते र ढिलोमा चैत २३ गते बैंकिङ समयपछि बन्द गरिनेछ।
इकाइहरु खरिदका लागि लगानीकर्ताहरु सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।