१ हजार रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(मंगलबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य अनुसार आज छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेर १ हजार ३ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ। महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक कारोबार मूल्य तोक्दैआएको छ।