२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

कुमारी बैंकको संस्थापक बिक्रीमा

कुमारी बैंक लिमिटेडले ३ लाख २१ हजार ३९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज(सोमबार) विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी सो सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने छ भने यस शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले के कति कित्ता कति मूल्यमा खरीद गर्ने हो सो समेत खुलाएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने प्राबधान रहेको बैंकले जनाएको छ।

आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com