२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

कुमारी बैंकको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ। विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी उक्त शेयर विक्री गर्न लाएको बैंकले जनाएको छ।

प्रतिकित्ता ११९ रुपैयाँ मूल्य तोकेर विक्रीमा ल्याएको उक्त शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

ईच्छुक आवेदकहरूले जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com