२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

साताको पहिलो दिन नेप्सेमा गिरावट, ३ अर्ब १ करोड कारोबार

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १४.६८ अंकले घटेको छ । आइतबार बजार परिसूचक नेप्से शून्य दशमलव ६७ प्रतिशतले गिरावट हुँदा २१६८.५३ बिन्दुमा बन्द भएको छ ।

२६७ धितोपत्रको ५१ हजार ९७३ वटा कारोबारबाट ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ भने यसबाट ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।

आइतबार होटल र पर्यटन, जीवन बीमा उपसूचक बढेका छन् भने अन्य सबै उपसूचक घटेका छन् । नेप्से परिसूचक घटे पनि लुम्बिनी जनरल इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको मूल्य भने बढेको छ। समृद्धि फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्था धेरै घट्नेमा परे।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com