२०८० मंसिर १८ - Mon Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १८
Mon Dec, 2023

३ लाख ७९ हजारमाथि एफपीओ जारी गर्दै युनिक नेपाल लघुवित्त

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गर्ने भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो।

साबिकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको यो संस्थाको कुल चुक्तापुँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँको ९४.०१ प्रतिशतले हुन आउने संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५०० र ५.१९ प्रतिशतले हुन आउने सर्वसाधारण समूहको ६६ लाख ३० हजार रुपैयाँबराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम युनिक नेपालले एफपीओ जारी गर्न लागेको हो।

यस एफपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। यस एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। यस एफपीओमा लगानीकर्ताले जेठ १६ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रमा आवेदन नपरेको खण्डमा जेठ २५ गतेसम्म आवेदन दिन पाउने छन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com