हरियाली सेयर बजार, १२.७३ अंकले बढ्यो नेप्से परिसूचक

साताको कारोबारको अन्तिम दिन आज(बिहिबार) सेयर बजार बढेको छ। आज नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा पुगेको भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०७ अंकले बढेर ३५७.९१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड २६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। बिहिबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ।
कारोबारको आधारमा आज ४ करोडभन्दा बढीको कारोबार गरी नबिल बैंकको प्रमोटर सेयर अग्रिम स्थानमा रहेको छ भने शिभम् सिमेन्ट र नबिल बैंक दोश्रो स्थानमा रहेका छन्।
आजको कारोबारमा एनआइबीएल ग्रोथ फण्ड र लक्ष्मी लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनएमबि ऋणपत्र र नेपाल एसबिआई बैंक ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।