२०८१ बैशाख ३ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख ३
Mon Apr, 2024

४.२७ अंकले घट्यो नेप्से परिसूचक

साताको कारोबारको तेश्रो दिन आज(मंगलबार) सेयर बजार घटेको छ। आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३५७.०२ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोड २२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरीको अग्रिम स्थानमा छ। यसको आज २ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : नेपाल दूरसंचार कम्पनी र शिभम् सिमेन्टको कारोबार भएको छ।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र सनराइज ऋणपत्र का लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, श्वेत गंगा हाइड्रोपावर र मिथिला लघुवित्तका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com