२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

ग्रीन डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने

ग्रीन डेभलपमेन्ट बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

साथै बोनसमा लाग्ने कर तिर्नको लागि ०.२० प्रतिशत नगद लाभांश पनि दिने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी ५१ करोड ९० लाख रुपैयाँको ३.८० प्रतिशतले हुन आउने १ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com