२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

५.७९ अंकले बढ्यो सेयर बजार

काठमाडौं, १५ साउन । मौद्रिक नीतिपछि आज पहिलोपटक सेयर बजार बढेको छ । यस दिन नेप्से सूचक ५.७९ अंकले बढेर २१०६.१४ विन्दुमा अडिएको छ । कारोबार रकम भने १ अर्ब ८४ करोड रुपैयाँ हाराहारीमा मात्र रहेको छ ।

गत आइतबार बजार खुलिरहेकै बेला मौद्रिक नीति सार्वजनिक भएको थियो । त्यसदिन भने बजार बेस्सरी बढेको थियो । त्यसपछि लगातार घट्न थालेको बजार आज आएर मात्र रोकिएको हो । ५ कार्य दिनमा बजार लगातार तल भर्यो । यसबीचमा नेप्से सूचक करिब १२७ अंकले घट्यो ।

मौद्रिक नीतिअघि भने बजार बढेको थियो । एकातिर मौद्रिक नीतिमा ठूला लगानीकर्ताले असन्तुष्टि जनाउनु अनि यहीबेला अर्कोतिर बढेको बजारबाट ट्रेडरहरुले धमाधम नाफा बुक गर्न थाल्दा बजार बेस्सरी चेपुवमा पर्यो । फलस्वरुफ नेप्से लगातार पाँचै कार्य दिन घट्न पुग्यो ।

यस दिन २६२ कम्पनीको ५५ लाख ३१ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र एसियन लाइफ इन्सुरेन्स रहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com