२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक विदा

काठमाडौं, २८ भदौ । सरकारले आज सार्वजनिक विदा दिएको छ । सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक विदा दिएको हो । आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिँदैछ ।

गत मंगलबार हृदयघातबाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिन लागिएको हो । दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाईएको छ ।

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक विदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्वजनिक विदा दिईएको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com