२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, कतिले शेयर पाए ?

काठमाडौ, ११ असार । आज नेपाल रिपब्लिक मिडियाले आईपीओ बाँडफाँट गरेको छ । यसमा ३ लाख ६१ हजार ९८९ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, यी मध्ये १ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पार्न सफल भएका छन् ।

यो आईपीओका लागि कुल १२ लाख ९९ हजार ७२७ जना आवेदकले आवेदन दिएकामा ७१ हजार १९८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्याटिलले जानकारी गराएको छ । बाँडफाँट कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठले गोलाप्रथा गर्ने बल तानेका थिए ।

कम्पनीले जेठ २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४.९९२२५ अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरेको थियो ।

यस्तै, ५ प्रतिशतले हुने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४ प्रतिशतले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै, नेपाल रिपब्लिक मिडियाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com