२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २१ असार । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ । गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले खोजिरहेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com