२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

विश्वकप छनोट : पहिलो चरणमा लाओससँग खेल्दै नेपाल

काठमाडौ, ११ साउन । सन् २०२६ को विश्वकप छनोट र २०२७ को एएफसी एसियन कप छनोटको पहिलो चरणमा नेपालले लाओससँग खेल्ने भएको छ । मलेसियाको क्वालाम्पुरमा भएको ड्र अनुसार नेपालले लाओसलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

पहिलो लेगको खेल अक्टोबर १२ मा र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ । नेपालले होम एण्ड अवे गरि दुई म्याच लावोससँग खेल्नेछ । एसियाका २७ देखि ४६ वरियताका २० टिमले पहिलो चरणमा होम एण्ड अवे गरि छनोट खेल्नेछन् । विजेता १० टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

दोस्रो चरणमा १ देखि २६ वरियताका ३६ टिमलाई ९ समूहमा विभाजन गरेर होम एण्ड अवे गरि छनोट खेलाईनेछ । तेस्रो चरणमा दोस्रो चरणबाट छनोट भएका १८ टिमले तीन समूहमा विभाजित भएर होम एण्ड अवेका आधारमा छनोट खेल्नेछन् । तीन समूहका शीर्ष दुई टोली विश्वकपमा सिधै छनोट हुनेछन् । तेस्रो र चौथो स्थानमा आएका टिमलाई समेत छनोटको अवसर प्राप्त हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com