२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

स्वास्थ्यका लागि निकै लाभदायक कोदो, यस्ता छन् कोदो खानुका फाईदाहरु

काठमाडौं । कोदो नेपालको पहाडी जिल्ला वा हल्का चिसो ठाउँमा फल्ने अन्न हो । कोदो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । नेपालमा कोदोको बिभिन्न परिकार हलुवा, डिडो,रोटी आदि बनाएर खाने गरिन्छ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फास्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् ।

केही व्यक्ति ‘ग्लुटेन’ प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो ।कोदो खाए शक्ति मिल्छ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ ।

मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ ।कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ ।

यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ ।यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com