२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

बाँकेमा दादुराका बिरामी बढ्दै

बाँकेमा दादुराका बिरामीहरु बढ्दै गएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो समयमा दुई सय नौ बिरामीहरु फेला परेका छन्।

सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१ बिरामी, नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा तीन जना र कोहलपुर नगरपालिकामा दुई जनामा दादुराका बिरामीहरु फेला परेका छन् । दादुराबाट एक जनाको मृत्यु भएको र पचास जना निको भइसकेका छन् । दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको स्थानीय बताउछन।

नेपालगञ्जका ३१ हजार ४२ जना र खजुराका पाँच हजार नौ सय ७४ जना गरी ३७ हजार १६ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको खोप फोकल पर्सन रेश श्रेष्ठले बताए।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com