२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

राज्यको एकल प्रयासले मात्र राष्ट्रका समस्याको समाधान सम्भव छैन : मन्त्री आचार्य

काठमाडौं, २० भदौ । राज्यको एकल प्रयासले मात्र कुनै राष्ट्रका हरेक समस्या समाधान सम्भव नहुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताएका छन् ।

आज काठमाडौंमा आयोजित मानव बेचबिखन विरुद्धको सत्रौं राष्ट्रिय दिवस मूल समारोहमा उनले मानव बेचविखन जस्ता अपराधहरु नियन्त्रणको लागि राज्यको सबै संयन्त्र शसक्त भएर लाग्नु पर्ने बताएका हुन् ।

त्यसका लागि निजी क्षेत्र तथा आम नागरिकको पनि सहयोग आवश्यक हुने उनको भनाई छ । ‘राज्यको एकल प्रयासले मात्र मानव बेचबिखन जस्ता अपराध नियन्त्रण हुन नसक्ने हुँदा विभिन्न समाजिक संघसंस्था, गैर सरकारी संस्था, निजि क्षेत्रको अहम भुमिका रहन्छ । ’

उनले सामाजिक संञ्जालको दुरुपयोग र वैदेशकि रोजगारको बढ्दो प्रवृत्तिका कारणले अपेक्षीत रुपमा यस्ता अपराधहरु समाधान हुन नसकेको बताए । नेपाल सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण सक्र्रिय रहेको र यसको नियन्त्रणको लागि सम्बन्धित स्टेक होल्डरसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com