२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

नेपाल संवत्लाई देशभरी प्रयोगमा ल्याउन सरकारले पहल गर्नुपर्छ : बालेन्द्र साह

काठमाडौं । नेपाल संवत्लाई देशभरी प्रयोगमा ल्याउन सरकारले पहल गर्नुपर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बताएका छन् । सरकारसंग आग्रह गरेका छन् । बसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले महानगरपालिकाले आफ्नो क्यालेन्डरमा यो संवतलाई प्रचलनमा ल्याएको भन्दै देशव्यापी रुपमा पनि प्रयोगमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘काठमाडौं महानगरपालिकाले चै यो संवतलाई अफिसियलरुपमा हाम्रो नोटिसहरुमा हाम्रो कागजातमै प्रयोग गर्ने गरेकोले यो राष्ट्रिय रुपमा देशभरी नै यो संवतलाई प्रयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु । ’ उनले भने ‘अर्को वर्षसम्म आईपुग्दा नेपाल संवत चै राष्ट्रिय रुपमै प्रयोग हुनेछ आशा राखेको छु । ’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com