२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

सूचना टाँसेर संसद् बैठक स्थगित

काठमाडौं, १५ साउन । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । एमालेले तस्करीको झण्डै सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो।

एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध जारी राख्ने भएपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

सूचना टाँसेर आज बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com