किसान लघुवित्तले लाभांश दिने

किसान लघुवित्त वित्तीय संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। बोनसमा लाग्ने कर तिर्नको लागि संस्थाले ०.३६८४ प्रतिशत नगद लाभांश दिने भएको छ।
संस्थाले हाल कायम चुक्ता पूँजी ७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको ७ प्रतिशतले हुन आउने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ६२८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।