१६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, एक महिनामा ४ अर्ब भित्रियो

नेपाल राष्ट्र बैंकले गत एक महिना (माघ) महिनाको रेमिट्यान्स सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार माघ महिनामा एक खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
यस्तै, यहि आर्थिक वर्षको ७ (साउन-माघ) महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्ष ४.४ प्रतिशतले घटेको आप्रवाह अहिले १६.४ प्रतिशतले बढेर ६ खर्ब ८९ अर्ब ८८ पुगेको हो। त्यस्तै, यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेर ३ लाख १४ हजार ७६७ जना पुगेका छन् ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १०.१ प्रतिशतले बढेर १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २६५.९ प्रतिशतले बढेको थियो ।