सुनको मूल्य अहिलेसम्मकै उच्च: कति पुग्यो तोलाको ?

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। बिहिबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अहिलेसम्मकै उच्च भएको बताएको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
बुधबार प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।