आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ आज (मंगलबार)को लागि सुन चाँदीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य अनुसार सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ भएको छ।
सोमबार प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन २ सयले घटेको हो। त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता, चाँदीको मूल्य भने यथावत नै रहेको छ। सोमबार प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चण्डी मंगलबार पनि सोहि मुल्यमा कारोबार भएको छ।