नेप्सेमा आज दुई कम्पनीको बोनस सेयर सुचिकृत

नेप्सेमा आज (सोमबार)दुई कम्पनीको बोनश शेयर सुचिकृत भएको छ । आज आइएमई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सुचिकृत भएको हो।
आइएमई जनरल इन्स्योरेन्सको ६ प्रतिशतले हुन आउने १० लाख २० हजार ९ सय ९० दशमलव ८५ कित्ता बोनश शेयर र विन नेपाल लघुवित्तको ९ दशमलव ३३ प्रतिशतले हुन आउने ६७ हजार ६ सय ५० कित्ता बोनश शेयर सुचिकृत भएको हो ।
यी दुई कम्पनकिो बोनश शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न सक्ने छन् ।