२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

नेको इन्स्याेरेन्सको खुद मुनाफामा  बढोत्तरी, इपीएस कति ?

काठमाडौ, ३१ साउन । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा नेको इन्स्याेरेन्सको खुद नाफामा सामान्य सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.५३ प्रतिशतले बढेर ५५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा ५४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यसअवधिमा खुद बिमा शुल्क आम्दानी ४.०३% ले घटेर १ अर्ब ६५ करोड ९७ लाख ४ हजार रुपैयाँ कायम भएको छ । यद्दपि, पुनर्बिमा कमिसन, लगानी तथा कर्जा आम्दानीलगायत सूचकमा सुधार भएपछि नाफा सामान्य बढेको हो ।

बिमा कोषको आकार भने २०.३४ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा भने सामान्य गिरावट आएको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com